तीन दिने औपचारिक भ्रमणका लागि प्रधानसेनापति क्षत्री पाकिस्तान प्रस्थान


काठमाडाैँ-  प्रधानसेनापति राजेन्द्र क्षत्री तीन दिने औपचारिक भ्रमणका लागि सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । पाकिस्तानी आर्मड फोर्सका अध्यक्ष जनरल जुबेर मोहम्मद्को औपचारिक निमन्त्रणामा प्रधानसेनापति सोमबार पाकिस्तान गएका हुन् ।

तत्कालीन प्रधानसेनपाति गौरव शम्सेर राणाको २०७२ वैशाख १३ गते पाकिस्तान जाने कार्यक्रम तय भए पनि वैशाख १२ गतेको भूकम्पपछि रोकिएको थियो । त्यसपछि अहिले प्रधानसेनापति क्षत्रीको पाकिस्तान भ्रमण तय भएको हो ।

प्रधानसेनापति क्षत्रीले मंगलबारबाट उच्च स्तरिय भेटघाट गर्ने छन । क्षत्रीको अनुपस्थितीमा बलाधिकृत रथी पुर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने छन् । प्रधानसेनापति क्षत्री जेठ ४ गते स्वदेश फर्कने छन्।

नेपाली सेनाले उच्च तहको सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र अन्य मित्रराष्ट्रका सेनाबीचको पारस्परिक सम्बन्धलाई थप सुमधुर र प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement