काठमाण्डु – अनामनगरमा रहेको साततले घर सरकारले भत्काएको छ ।
अनामनगर क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरू भत्काउने क्रममा सरकारले आइतबार सो घरमा पनि डोजर चलाएर भत्काएको हो ।
शनिबार पनि उक्त क्षेत्रमा डोजर चलाएर सरकारले त्यस्ता संरचनाहरू भत्काएको थियो । आइतबार पनि डोजर चलाइने भएपछि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बिहानैदेखि प्रहरी परिचालन गरिएको छ ।
भोजपुरको कटुञ्जेका इन्द्र चाम्लिङले बनाएको यो सात तले घरले धोबी खोला क्षेत्र मिचेको पाइएपछि भत्काइएको हो ।







प्रतिक्रिया