राजावादीको आन्दोलनले सवारीसाधन आवागमन प्रभावित

राजावादीको आन्दोलनले सवारीसाधन आवागमन प्रभावित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजसंस्था र हिन्दूराज्य पुनःस्थापनाको मागसहित प्रदर्शनमा उत्रिएका राजावादीहरूको आन्दोलनले सवारीसाधन आवागमन प्रभावित भएको छ ।

राजावादीहरूले शुक्रबार माइतीघर, बानेश्वर सडकखण्डमा प्रदर्शन गरेका हुन् । यसअघि बिहीबार शान्तिबाटिकामा प्रदर्शन गरिएको थियो ।

राप्रपा, राप्रपा नेपाल सहितका दलहरूले गणतन्त्र घोषणा भएको जेठ १५ गतेदेखि प्रदर्शन सुरु गरेका थिए । प्रदर्शनका कारण माइतीघर, बानेश्वर सडकखण्डमा सवारी आवागमन प्रभावित पनि भएको थियो ।