राजावादी भेलामा भाँडभैलो ! लिङ्देन नआएपछि होहल्ला

राजावादी भेलामा भाँडभैलो ! लिङ्देन नआएपछि होहल्ला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजावादीहरूको संयुक्त जनआन्दोलन समितिको बैठकमा भाँडभैलो मच्चिएको छ ।

बुधबार दोस्रो चरणको आन्दोलन तयारीबारे छलफल गर्न बैठक बोलाइएको थियो तर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ््देन अनुपस्थित भएपछि बैठक स्थगित भएको छ ।

राजावादी मोर्चाको सबैभन्दा ठूलो घटक राप्रपाका अध्यक्ष राजेन्द्र लिङ््देन अनुपस्थित बनेपछि कार्यकर्ताले विरोध गरेका थिए । विरोधकैबीच राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बोल्न समय दिइएपछि होहल्ला सुरु भयो । त्यसपछि संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीले आफैं माइक लिएर सम्बोधन गरे । उनले सानो कमिटी बनाएर बुधबार नयाँ आन्दोलन कार्यक्रम बनाइने भन्दै भेला स्थगित भएको घोषणा गरे ।

भेला सुरु भएलगत्तै लिङ्देनको कार्यव्यस्तताका कारण आउन नसकेको जानकारी गराइएको थियो । लिङ्देन अहिले संसदमा छन् । कार्यकर्ताहरूले भने यही संसद् चाहिने भए आन्दोलन केका लागि भन्दै असन्तुष्टि पोखे । केही बाहिर रहेका कार्यकर्ताले भने जबसम्म राजा र जनता एकता हुँदैनन्, तबसम्म आन्दोलन गरिरहने बताएका छन् ।

राजाले नै जनताको साथ चाहियो भनेपछि हामी सडकमा आएको बताएका छन् । आन्दोलन समिति ल्याउने भनेर लागेकाले नै गणतन्त्रवादीसँग ल्याउन लागेको केही कार्यकर्ताले बताए ।

यसैगरी विनोद कँंडेलले आन्दोलनमा भाग लिनेप्रति धन्यवाद ज्ञापन गरेका छन् । राप्रपा महामन्त्री राजेन्द्र गुरुङले जुन उद्देश्यभित्र हिँडेका छौं, त्यसलाई फोकस गर्नुपर्ने बताए । उनले एकमत भएर आन्दोलनमा उत्रिन आवश्यक रहेकाले आन्दोलनलाई गन्तव्यमा पुर्‍याएर मात्र छाड्ने बताए ।