बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलन फिर्ता, समस्या समाधान गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासन


काठमाण्डु- बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलन फिर्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आश्वासनपछि बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलनरत उद्योगी व्यवसायीहरुले आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका हुन् ।

मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड र उद्योगी व्यवसायीबीच भएको छलफल भएको थियो । छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले उद्योगी व्यवसायीको समस्या समाधान गर्न सरकार तयार रहेको बताए । पछिल्लो समयमा देशभरका करिब ६० भन्दा बढी संघसंस्था मिलेर बैंकविरुद्ध आन्दोलन गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement