नयाँ फुटबल रंगशाला बनाउन एन्फाले दियो २२ लाख डलर

नयाँ फुटबल रंगशाला बनाउन एन्फाले दियो २२ लाख डलर


काठमाण्डु-अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तर्राष्ट्रिय मापदण्डको नयाँ रंगशाला निर्माणका लागि बजेट विनियोजन गरेको छ ।

एन्फाको कार्यसमिति बैठकले २५ देखि ४० हजार दर्शक क्षमता भएको सुविधासम्पन्न, आधुनिक र अन्तर्राष्ट्रिय मापदण्ड सहितको फुटबल रंगशाला निर्माण गर्न २२ लाख अमेरिकी डलर विनियोजन गरेको हो ।

रंगाशाला निर्माणार्थ जग्गा प्राप्तिका लागि सरकारसँग समन्वय गर्ने संघका उपाध्यक्ष दीपक खतिवडाको संयोजकत्वमा उपाध्यक्ष दावा लामा र कार्यसमिति सदस्य मनिष जोशी सदस्य रहने गरी तीन सदस्य समिति गठन गर्ने पनि एन्फाले निर्णय गरेको छ ।

साथै दशरथ रंगशाला संघबाटै रेखदेख, संरक्षण, मर्मत तथा परिचालनका लागि नेपाल सरकार युवा तथा खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवलाई माग गर्ने निर्णय भएको छ । दशरथ रंगशालाको मैदान मर्मतको लागि ३ लाख अमेरिकी डलर विनियोजन गरिएको छ ।