एन्फाको महासचिवमा राई र कोषाध्यक्षमा जोशी मनोनित


काठमाण्डु – अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई मनोनित भएका छन् । अध्यक्ष पंकज नेम्वाङ नेतृत्वको कार्यसमितिको बुधबार बसेको पहिलो बैठकले महासचिवमा राईलाई मनोनित गरेको हो ।

त्यस्तै बैठकले कोषाध्यक्षमा रवीन्द्र जोशीलाई मनोनित गरेको छ । मंगलबार भएको निर्वाचनबाट नयाँ अध्यक्षमा पंकज नेम्वाङ निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement