एन्फा विवाद : बैठक बीचमै छाडेर किन हिँड अध्यक्ष नेम्वाङ ?


काठमाण्डु – अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिती बैठक स्थगित भएको छ । एन्फा मुख्यालय सातदोबाटोमा करिब दुइ घण्टा ढिला गरी सुरु भएको बैठक मुख्य एजेन्डामा प्रवेश नै नगरि स्थगित भएको हो ।

कार्यसमितीका १२ सदस्यले पहिलो बैठकको निर्णय सच्चाउन माग गर्दै हस्ताक्षर अभियान सुरु गरेपछि अध्यक्ष पंकजविक्रम नेम्वाङ बैठक स्थगित गरेर हिडेको स्रोतले बतायो ।

असार ६ गते कर्माछिरिङ शेर्पालाई हराउँदै अध्यक्षमा निर्वाचित भएपछिको पहिलो कार्यसमिति बैठकले महासचिवमा किरण राई, अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख र कोषअध्यक्षमा क्रमशः किरण राई, नविन पाँडे र रविन्द्र जोशीलाई नियुक्त गरेको थियो ।

प्रक्रिया पूरा नगरि नियुक्त गरिएको भन्दै त्यसको विरोध हुँदै आएपछि अहिले त्यो निर्णय सच्चाउन खोजिएको कार्यसमितिका एक पदाधिकारीले बताए ।

आजको बैठकले सिइओ, तीन सहमहासचिव र प्रवक्ता नियुक्तीसँगै नेपालमा हुने तय भएको महिला साफ च्याम्पियनसिप र नेपाल सुपर लिग (एनएसएल)को बारेमा निर्णय लिने बताइएको थियो ।

यसअघि सोमबार नेम्वाङ अचानक बिरामी परेको भन्दै बैठक स्थगित भएपछि बैठक आजलाई बोलाएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement