१३ खेलाडीसहित २५ जनाको कोरोना नेगेटिभ


काठमाण्डु – अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार स्वाब संकलन गरिएका सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको छ । १३ खेलाडी र अफिसियलसहित २५ जनाको स्वाब संकलन गरिएकोमा बुधबार सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

ललितपुरको पाटन अस्पतालमा सोमबार रंजित धिमाल, मिक्चेन तामाङ, विशाल राई, रवी पासवान, दर्शन गुरुङ, विमल राना, दिप कार्की, दिलेन लोक्तान, छिरिंग गुरुङ, देवेन्द्र तामाङ र पुजन उपरकोटीको स्वाब नमूना संकलन गरिएको हो । यस्तै प्रशिक्षक किरण श्रेष्ठ र फिजियो आविश्कार पुडासैनीको स्वाब संकलन गरिएको थियो ।

होस्टल स्टाफ ६ जना, सरसफाइ गर्ने २ जना र केयर टेकर ४ जना गरि २५ जनाको पनि स्वाब संकलन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement