एन्फाद्धारा ५ सदस्यीय निर्वाचन समिति गठन


काठमाण्डु – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी जेठ १५ मा हुने निर्वाचनका लागि समिति गठन गरेको छ । एन्फाको १६औँ कार्यसमिति बैठकले अधिवक्ता श्रीराम दवाडीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको हो ।

समितिमा अधिवक्ता रामचन्द्र गौतम, दामोदर भट्टराई रसरस्वती श्रेष्ठ र प्रिती कार्की रहेका छन् । निर्वाचन समितिमा मनोनयन गर्न संघको २०औँं विशेष साधरणसभा बैठकमा निर्णयार्थ पेस गर्ने निर्णय गरिएको छ ।

यसैगरी निर्वाचन पुनरावेदन समितिको संयोजकमा अधिवक्ता विष्णु लुइँटेल र सहसंयोजकमा सुधा रिजाल, सदस्यमा केशवमणि अर्याल, वैकल्पिक सदस्यमा यज्ञबहादुर राना र राजेन्द्र इंगनाम छन् ।

त्यस्तै बैठकले आर्थिक वर्ष २०७७–७८ मा १९औँ वार्षिक साधारणसभाबाट अनुमोदित वार्षिक कार्यक्रम विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको महामारीले स्थगन भएको हुँदा उक्त अनुमोदित बजेटलाई २०७८–७९ को आर्थिक वर्षभित्र रकमान्तर गरी खर्च गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement