विप्लव नेकपाका नेता अनिल शर्मा बिरही पक्राउ


काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता अनिल शर्मा बिरहीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार शर्मालाई चितवनबाट प्रक्राउ गरेको गृहमन्त्रालय स्रोतले जनाएको छ ।

चितवनको रत्ननगर वडा नं ५ घर भएका नेता शर्मा भर्‍याङबाट लडेपछि परिवारका सदस्यहरुले पुरानो मेडिकल कलेज पुर्‍‍याएका थिए । उनी अस्पतालमा पुगेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । अनिल शर्मा नेकपाका पोलिटब्युरो सदस्य हुन् । शर्मा जनवर्गीय संगठन फ्याक्सनका इन्चार्ज समेत हुन् ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement