दोस्रो विवाह गर्दै गायिका अञ्जु पन्त


काठमाण्डु – गायिका अञ्जु पन्तले विवाह गर्ने भएकी छन् । एक छोरीकी आमा गायिका पन्तले गीतकार थिर कोइरालासँग पुनःदोस्रो विवाह गर्ने भएकी हुन् ।

इलाम घर भएका कोइराला दुई दसकदेखि काठमाण्डुमा बस्दै आइरहेका छन् । दुवै जनाले आफूहरूबीच विवाह हुन लागेको स्वीकार गरेका छन् । तर विवाहको मिति भने सार्वजनिक गरेका छैनन् । करिब ३ वर्षअघि चिनजान भएका उनीहरू एक वर्षदेखि ‘रिलेसनसिप’मा छन् ।

गायिका पन्तले गायक तथा संगीतकार मनोजराजसँग एक दसकअघि सम्बन्ध विच्छेद गरेकी थिइन् । उनीहरूकी एक छोरी छन् परितोषिका पन्त । छोरीकै विशेष आग्रहमा गायिका पन्तले दोस्रो बिहे गर्ने लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement