अभिनेता अनमोल केसी पक्राउ


काठमाण्डु – अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काभ्रेपलाञ्चोकको साँगाबाट पक्राउ गरेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एवम् एआईजी दीपक थापाले जानकारी दिए ।

चलचित्र ‘रावायण’मा काम गर्ने सहमति जनाएर पैसा लिएर सुटिङमा नआई ठगी गरेको भन्दै सुदर्शन फिल्म्सले दिएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेकाे हाे ।

उजुरी आएपछि अपराध अनुसन्धान कार्यालयले केसीलाई छलफलका लागि कार्यालयमा बोलाएको थियो। तर उनले अटेरी गरेपछि पक्राउ गरेकाे हाे ।

प्रतिक्रिया दिनुहोस
Advertisement