अनमोल केसीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति


काठमाण्डु- अभिनेता अनमोल केसीलाई अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आइतबार जिल्ला अदालत काठमाण्डुका न्यायाधीश कृष्ण प्रसाद सुवेदीले अनमोललाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।

आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रवार पक्राउ गरेको थियो । पक्राउ गरेको दिनबाट आइतबार सम्म मात्र थुनामा राख्न अदालतले अनुमति दिएको हो । अनमोललाई पुन : सोमबार अदालतमा उपस्थित गराउनुपर्छ ।

रावायण फिल्म खेल्छु भनेर १० लाख पेस्की लिएर खेल्न आनाकानी गरेपछि निर्माण युनिटले उनीविरुद्ध ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा जाहेरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement