फिल्म नचलेपछि ब्याक हुँदै यी अभिनेता


एजेन्सी – बलिउड अभिनेता अन्नू कपुरले अब अभिनय छाड्ने भएका छन् । हालै फिल्म ‘खानदानी शफाखान’ मा वकिलको भूमिकामा देखिएका कपूरले एक भारतीय संचार माध्यमसँगको कुराकानीका क्रममा अब आफु फिल्म क्षेत्रबाट थाकिसकेको र आराम लिन चाहेको बताएका छन् । साथै, उनले अब फिल्म बनाउने पनि बताएका छन् ।

हालै उनी अभिनित फिल्म ‘खानदानी शफाखान’ को कहानी रमाइलो थियो । फिल्ममा अन्नू कपुर, सोनाक्षी सिन्हा, बादशाह, वरुण शर्मासमेत सबैले निकै उत्कृष्ट काम गरे तर सायद दर्शकले यति बोल्ड सब्जेक्ट र अन्दाजलाई पचाउन सकेनन् । त्यसकारण फिल्म बक्स अफिसमा खासै चल्न सकेन ।

यद्यपि, उक्त फिल्म बक्स अफिसमा नचलेका कारण उनले फिल्मी करियरबाट ब्याक हुन लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement