काठमाण्डु- सल्यानको कालीमाटी गाउँपालिका ७, का वडा अध्यक्ष मित्रलाल रिजालले सडक र टेलिफोनको टावर निर्माण गर्न बजेट नदिएको भन्दै धर्ना सुरु गरेका छन् । उनी कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्नामा बसेका छन् ।
घुइयाबारी–स्वामीबास–बबई सडकको स्तरोन्ति तथा नेपाल टेलिकमको टावर निर्माणका विषयमा पटकपटक अनुरोध गर्दा पनि प्रदेश सरकारले बेवास्ता गरेपछि आफू धर्ना बस्न बाध्य भएको वडा अध्यक्ष रिजालले बताए ।
उनले सडक स्तरोन्ति नहुँदा स्थानीय नागरिकले वर्षौंदेखि सास्ती भोग्दै आएको बताए । सडकको दयनीय अवस्थाका कारण यातायात सञ्चालनमा समस्या हुनुका साथै दैनिक जनजीवन प्रभावित भइरहेको उनको भनाइ छ ।
वडा अध्यक्ष रिजालसँगै वडा सदस्य विर्घा बहादुर राना पनि धर्नामा बसेका छन् । रिजाल नेकपा ९एमाले०बाट निर्वाचित वडा अध्यक्ष हुन् । आफ्ना मागहरू प्रदेश सरकारले सम्बोधन नगरेसम्म धर्ना जारी राख्ने चेतावनी उनले दिएका छन् ।




प्रतिक्रिया