तेल उद्योगमा आपूर्ती मन्त्रालयको अनुगमन,वाग्मती आयलको विक्रि वितरणमा रोक लगाइयो


विराटनगर–उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुनसरी क्षेत्रका पांच तेल उद्योगको नमूना लिनुका साथै एक उद्योगको उत्पादनमा रोक लगाएको छ । विराटनगरको कटहरीस्थित वाग्मती आयल इन्डस्ट्रिजको उत्पादनमा रोक लगाइएको उद्योगमन्त्रीका स्वकिय सचिव सन्तोष विष्टले जानकारी दिए ।

अनूगमनको क्रममा क्त उद्योगको उत्पादनको गूणस्तर शंकास्पद देखिएको भन्दै नमूना परीक्षणको लागी विराटनगर र काठमाडौं पठाइएको छ । उद्योगलाई गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले नमूना तेलको प्रयोगशाला विश्लेषण प्रतिवेदन नआउन्जेल विक्रि वितरण गर्न रोक लगाएका हुन ।

अनूगमन टोलीले मोरङको बाबा आयल ,सुनसरीको स्वतिक आयल,पशुपति खाद्य तेल र जेके आयालको तेल नमूना परीक्षणका लागि लगिएको छ । उद्योगमन्त्री मातृका यादवका स्वकिय सचिव समेत अनुगमनका लागी टोलीमा विराटनगर पुगेका छन् । उनले संकलित नमुनामा मिसावाट भए , नभएकोबारे खाद्य प्रविधि तथा गुण नियन्त्रणको प्रयोगशालामा परीक्षण गरिने बताए । मिसावाट गरेको पाइए त्यस्ता उद्योगलाई कानुनी कारवाही गरिने विष्टले चेतावनी समेत दिए ।

अनूगमन टोलीले अन्नपूर्ण पिपिसी सिमेन्ट,हुलास वायरबाट उत्पाददित टिएमटी छड, रमपम तयारी चाउचाउ, टीएमटी फलामो डन्डडीको परीक्षणका लागी नमुना संकलन गरि परिक्षणको लागी गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनगर पठाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement