अपराध महाशाखा प्रमुख र काठमाडौं प्रमुखबीचको टसलले ४ दिनदेखि निर्दोष हिरासतमै, यस्तो छ घटना


काठमाडौं- प्रहरीविच नै कार्यक्षेत्रमा विवाद उत्पन्न भएपछि एउटा निर्दोष व्यक्ति प्रहरी हिरासतबाट छुट्न सकेका छैनन् ।

यो घटना थाहा पाउन गत शुक्रबारको एउटा घटना हेरौं ….

दरबारमार्गमा रहेको क्लब दे जा भूका मालिक मनोज श्रेष्ठको टिमले सानोतिनो गुण्डा उमेश गुरुङको ४/ ५ जनाको टिमलाई रक्सीको तालमा केही कुरामा विवाद हुँदा नराम्रोसँग कुटे । बाउन्सर नै लगाएर कुटपिट भएपछि केही घाइते उपचारको लागि अस्पताल गए भने केही फेरि ठमेलमा रहेको सेनेट क्लबमा गए ।

उनीहरु सेनेट क्लव गएको थाहा पाएर क्लब दे जा भूका मालिक मनोज श्रेष्ठले ४/५ जना वाउन्सर लिएर उमेशको टिमसँग फेरि झगडा गर्न गए । त्यहाँ उनीहरुविच कुटाकुट र हानाहान भयो ।

तर त्यो झडपमा क्लवमा काम गर्ने कर्मचारी, वेटर, डीजले पनि कुटाइ खाए । उनीहरुले झगडा मिलाउ खोज्ने क्रममा पिटाइ खाएका थिए ।
बार टेन्डर पृथ्वी विश्वकर्मा पनि सामान्य घाइते पनि भए । पिटाइ खाने क्रममा एकजना वेटरको दाँत नै भाँचियो ।

उक्त झडपपछि सोर्ह खुट्टे प्रहरी वृत्तका डिएसपी दिपक पोखरेलले झगडामा सम्मिलित सबै जनालाई पक्राउ गरि सोर्हखुट्टे प्रहरी वृतमा लगे ।
झगडा गर्ने दोषी प्रहरी हिरासतमा छन् तर दाँत भाँचिएका पीडित वेटर निर्दोष थिए । उनी आफ्नो डीउटीमा थिए र झडपमा आफ्नो दाँत नै गुमाए ।

उनी त छुट्नुपर्ने तर अझै प्रहरीले पिडितलाई हिरासतमै लिएको छ । उनी नछुट्नुमा भने उनको दोष केही छैन । खास कुरा चाँही अपराध महासाखाका प्रमुख एसएसपी धिरज प्रतापसिँहले सो घटनाको अनुसन्धान गर्न सोर्हखुटे वृत्तमा टोली खटाएछन् ।

तर काठमाडौं प्रहरी परिसरलाई नै यस्ता मुद्दा हेर्ने अधिकार भएको बताउँदै काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व पोखरेलले सो मुद्दा काठमाडौं प्रहरी परिसरले नै हेर्ने जवाफ फर्काइदिए ।

अपराध महासाखाका प्रमुख एसएसपी धिरज प्रतापसिँह र काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व पोखरेलबीच पहिल्यैदेखि नै राम्रो सम्बन्ध छैन । दुई प्रमुख एकै व्याजका हुन् । उनीहरुको व्यक्तिगत द्धन्दको कारण एक निर्दोष व्यक्ति रिहा हुन सकिरहेका छैनन् ।

सोर्ह खुट्टे प्रहरी वृत्तका डिएसपी दिपक पोखरेलले उनलाई छाड्न चाहेपनि दुवैविचको अहम् र आफु ठुलो भन्ने सोचका कारण उनले पिडितलाई रिहा गर्न सकेका छैनन् । दुई प्रमुखविच एउटै मुद्दामा कार्यक्षेत्रको विवाद र टसनले अनुसन्धान नै प्रभावित हुने र निर्दोषले सजाय पाइरहेको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement