अपराध महाशाखाका एसएसपी प्रधान कार्यालय तानिए, यस्तो छ कारण !


काठमाडौं– साढे ३३ केजी सुन गायव भएको घटना छानविन गर्न गठित समितिले महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीलाई प्रहरी प्रधान कार्यालय तान्न पत्र काटेको छ ।

साढे ३३ केजी सुन हराएको र एक भरियाको शव फेला परेपछि त्यसमा प्रहरी नै संलग्न भएको आश‌ंकामा छानविन समिति गठन भएको थियो ।

गृहमन्त्रालयको सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा गठन भएको छानविन समितिले छानविन प्रभावित हुने भन्दै एसएसपी लोहनीलाई प्रधान कार्यालयलाई पत्र काटेको उच्च स्रोतले जनाएको छ ।

तर त्यस्तो पत्र अहिलेसम्म प्रधान कार्यलयमा प्राप्त नभएको प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपानेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement