काठमाण्डु – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले देश र जनताप्रति दिने सेवा नै धर्म भएको बताउँदै सकारात्मक सोच र उच्च मनोबलका साथ सशस्त्र प्रहरी कर्मचारीहरूलाई कार्यक्षेत्रमा खटिन निर्देशन दिएका छन्।
वैशाख २ गते सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुनिरटार चितवनको २२औ स्थापना दिवसको असरमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरूलाई विपद्मा परेका नागरिकहरूको उद्धारमा खटिनुपूर्व आफू सुरक्षित रही उद्धार कार्यमा खटिन समेत निर्देशन दिएका हुन्।
उनले सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त कार्यादेशहरूमध्ये विपद् व्यवस्थापन जस्तो महत्वपूर्ण जिम्मेवारीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यका साथ स्थापना गरिएको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारले आफ्नो छोटो समयमा नै राष्ट्रको अग्रणी एवं विशिष्ट शिक्षालयको रुपमा स्थापित भएको चर्चा गर्दै विपद् व्यवस्थापन तथा संकटमा परेका नागरिकको उद्धार कार्यमा खटिई उल्लेखनिय भूमिका निर्वाह गरेको समेत बताए।
उनले पृथ्वी राजमार्ग तथा आसपासका क्षेत्रहरूमा मात्र नभई देशका दुर्गम तथा चुनौतीपूर्ण क्षेत्रहरूमा समेत तत्काल परिचालन भई जीवन रक्षा तथा मानवीय सहयोगमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै विपद् व्यवस्थापनलाई सुदृढ, प्रभावकारी र परिणाममुखी बनाउन विभिन्न महत्वपूर्ण पहलहरू समेत अघि बढाइएको बताए।
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालले हालसम्म ९ वटा विपद् व्यवस्थापन बेश स्थापना गरिसकेको र ६ वटा विपद् व्यवस्थाप वेश स्थापनको प्रक्रियामा रहेको बताउँदै २०६३ सालदेखि विभिन्न प्रकृतिका विपद् घटनाहरूमा खटिई १५ हजार ५ सय ४१ जनाको सकुशल उद्धार, ८८ हजार ५ सय जना घाइतेको उद्धार र २५ हजार ७ सय ७८ जनाको शव फेला पारेको समेत जानकारी गराएका थिए।
उनले गृहमन्त्रीले सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तािलम शिक्षालय कुरिनटारमा विपद् व्यवस्थापन तथा विपद् प्रतिकार्य तालिम गरिसकेको कारण सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापनमा परिचालन हुँदा थप सहयोग र प्रेरणा मिल्ने समेत उल्लेख गरे।
महानिरीक्षक अर्यालले शिक्षालयमा कार्यरत प्रशिक्षक, कर्मचारी र सम्पूर्ण राष्ट्रसेवकहरूको अथक परिश्रम र समर्पणले संगठन आज यस उचाई पुग्न सफल भएको चर्चा गर्दै भोलीका दिनहरूमा समेत सकारात्मक सोच र उच्च मनोबलका साथ अगाडि बढी संगठनको गरिमामय तथा राष्ट्र र जनताको अपेक्षालाई सशक्त रूपमा पुरा गर्नुपर्नेतर्फ लाग्नुपर्ने बताए।
महानिरीक्षक अर्यालले शिक्षालयमा कार्यरत रही वर्षभरि उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी, स्थापना दिवसको अवसरमा संचालन गरिएका विभिन्न खेलकुद प्रतियोगितामा खेलाडी तथा टिम र शिक्षालयलाई सहयोग पुर्याउने विभिन्न संघसंस्थाका व्यक्तिहरूलाई पुरस्कार, कदरपत्र तथा प्रशंसापत्र प्रदान गरेका थिए।
कार्यक्रममा सहिद लखन गाउँपालिका अध्यक्ष रमेशबावु थापा मगरले देशको शान्ति सुरक्षा, अमनचयन कार्यमा सशस्त्र प्रहरी बल नेपालले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै प्राकृतीक प्रकोप, विपद् जोखिम र आगलागी जस्ता घटनाहरूमा परेका नागरिकको उद्धारमा कार्यमा सशस्त्र प्रहरी कर्मचारीहरू अग्रसर हुँदै आएको बताए।
२०५८ सालमा सशस्त्र प्रहरी बलको वेश क्याम्पको रुपमा स्थापना भएकोमा २०६७ साल वैशाख १९ गतेदेखि पहिलो पटक विपद् व्यवस्थापन सम्बन्धि तालिम संचालन गरेको र २०६८ साल मंसीर २२ गते नेपाल सरकारको निर्णयले विपद् व्यवस्थापन तालिम केन्द्रको रूपमा स्थापना हुनुको साथै २०७५ साल असार १५ गतेदेखि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको नामाकरण भई कार्य गर्दै आइरहेको छ।
सो शिक्षालयले २०६८ सालदेखि हालसम्म सडक दुर्घटना, पहिरो, नदिजन्य, आगलागी लगायतका घटनामा परेका १ हजार ७ जनाको जिवितै उद्धार तथा ४ सय २१ जनाको शव फेला पारेको छ।




प्रतिक्रिया