काठमाण्डु – महोत्तरी जिल्लाको मनराशिसवा नगरपालिका–२ स्थित सीमा ईलाकाबाट शनिबार सशस्त्र प्रहरीले ६ हजार ९ किलो स्याउसहित ३ वटा पिकअप गाडी नियन्त्रणमा लिएको छ ।
नेपालबाट अवैध रूपले भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा प्रदेश ०२–०२–००१ च ०७२२, प्रदेश १–०४–००१ च ०४१४ र मधेश प्रदेश ०४–००१ च ०३८० नम्बरको गाडीमा राखी लैजाँदै गरेको ३४५ कार्टुन स्याउ सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ महोत्तरी गण तथा मातहत युनिटले नियन्त्रणमा लिएको हो ।
बरामद गाडी तथा स्याउ आवश्यक कारवाहीको लागि भन्सार बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।




प्रतिक्रिया