म नै सांसदबाट राजीनामा दिएर वडाध्यक्ष हुन आउनुपर्लाजस्तो छ : रवि लामिछाने

म नै सांसदबाट राजीनामा दिएर वडाध्यक्ष हुन आउनुपर्लाजस्तो छ : रवि लामिछाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले चितवन पुगेर वडा सदस्य र वडाध्यक्ष हुन आवेदन नपरेको विषयमा खुलस्त प्रस्तुत भएका छन् ।

पार्टीको क्यान्डिडेट क्लब खुलिरहेका बेला वडा सदस्य र वडाध्यक्ष हुन निवेदन नपरेको उद्धृत गर्दै सभापति लामिछानेले एकैचोटि सांसद र मन्त्री हुने भए वडा चाहिँ कसले सम्हाल्छ भन्दै कटाक्ष गरेका छन् ।

‘रास्वपामा वडा सदस्य, वडाध्यक्षका लागि उम्मेदवार हुने आकांक्षी कम रहेको, सिधै मेयर तथा प्रदेश सांसदका आकांक्षी देखिनुभएको छ,’ रविले भने, ‘म नै सांसदबाट राजीनामा दिएर वडाध्यक्ष हुन आउनुपर्लाजस्तो छ’

उनले निष्ठामा अडिएको छैन भने राजनीति नगर्न समेत आग्रह गरेका छन्। राजनीतिमा त्यागको भावना हुनुपर्ने बताउँदै सभापतिले त्यागको भावना गरेको विषयमा उदाहरण दिने तर आफू त्याग्नुपर्दा झगडा हुने परिस्थिति आएको खुलस्त सुनाए ।

‘सभापतिले ठूलो त्याग गर्नुभयो भन्नुहुन्छ। भोलि २ जना साथीलाई १ जनाले छाडिदिनुपर्‍यो भन्नुस् त हानाहान हुन्छ,’ उनले भने, ‘नदिनुस् मेरो त्यागको उदाहरण तपाईंलाई अनुसरण गर्नु छैन भने।’

चुनाव जित्नु ठूलो कुरा नरहेको बताउँदै उनले अहिले १८२ सिट  आए पनि भविष्यमा यसैले सबै कुरा निर्धारण गर्दै नजाने बताएका छन्।