बागमती नदीमा सशस्त्र प्रहरीको विपद् नमूना अभ्यास

बागमती नदीमा सशस्त्र प्रहरीको विपद् नमूना अभ्यास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–१ र सर्लाही जिल्लाको बागमती नगरपालिका–११ नुनथरस्थित बागमती नदीमा असार ५ गते जल उत्पन्न विपद् उद्धार नमूना अभ्यास सम्पन्न भएको छ ।

मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयको समन्वय र सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको सहकार्यमा नमूना अभ्यास सम्पन्न भएको हो ।

कानूनमन्त्री फकिरा महतोको प्रमुख आतिथ्य तथा रौतहट र सर्लाही जिल्लास्थित नगरपालिका र गाउँपालिका प्रमुख, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक विष्णुप्रसाद भट्ट, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, स्थानीय भद्रभलाद्मी तथा जनप्रतिनिधिहरूको सहभागिता थियो ।

मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा हुनसक्ने मौसमजन्य विपद्जन्य घटनामा परेकाहरूको कसरी उद्धार गर्न सकिन्छ भन्ने अभिप्रायसाथ बागमती नदीमा जल उत्पन्न विपद् उद्धार कृत्रिम घटना नमूना अभ्यास सञ्चालन गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहट र सुरक्षा वेश सुन्दरपुर चोहडवा सर्लाहीबाट विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी बलको टोलीले नमूना अभ्यास सञ्चालन गरेका थिए ।