मोटरसाइकल दुर्घटनामा परी घाइते भएका २ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

मोटरसाइकल दुर्घटनामा परी घाइते भएका २ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कास्की जिल्लाको मादी गाउँपालिका–५ स्थित काउरेमा सोमबार मोटरसाइकल दुर्घटनामा परी घाइते भएका २ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

थाकदेखि काउँखोलातर्फ जाँदै गरेको ग११प ८९४० नम्बरको मोटरसाइकल गति अनिन्त्रित भई सडकबाट करीब ३० मिटर तल खसेको थियो ।

दुर्घटनाबारे अस्थायी प्रहरी चौकी छाचोकले जानकारी गराएपश्चात सशस्त्र प्रहरी बल नेपाल अस्थायी मनसुन प्रतिकार्य सुरक्षा वेश छाचोकबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूको उद्वार गरेको छ ।

दुर्घटनामा परी मादी गाउँपालिका–७ घर भई हाल रुपा गाउँपालिका–१ बस्ने ३४ वर्षीय आकाश मल्ल र भुमरे बस्ने अन्दाजी ५७ वर्षीय टेकबहादुर मल्ल घाइते भएका छन् ।

उद्धारपश्चात उनीहरू दुवै जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको छ । घाइतेमध्ये टेकबहादुर मल्लको अवस्था भने गम्भीर रहेको बताइएको छ ।