काठमाण्डु – मेची नदी, कनकाई नदी, रतुवा नदी र बिरीङ्ग खोला आसपासमा रहेका गाउँबस्तीहरूमा विपद्जन्य सचेतना तथा उद्वारका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाले माइकिङ गरेको छ ।
विपद् व्यवस्थापन खोज तथा उद्वार कार्यहरूको प्रक्रियालाई व्यवस्थित, छिटो तथा प्रभावकारी बनाउन ट्रयाकिङ गर्न र अभिलेख राख्नका लागि प्राकृतिक विपत्ति तथा उद्धार कार्यमा गण सक्रियतासाथ जुटेको छ ।
पूर्वसूचना, तत्काल उद्धार, खोलाको नियमित निगरानी, जोखिमयुक्त खोला तथा नदीको जोखिम नक्सांकन तयार गरी नियमित पेट्रोलिङ गर्ने, पुल, तटबन्ध, कमजोर किनारा, बस्ती र डुबान हुनसक्ने स्थानमा विशेष निगरानी गरिँदै आएको छ ।
पानीको सतह, बहावको तीव्रता र तटबन्धको अवस्थाबारे अब्जरभेसन रेकर्ड राखी सम्भावित जोखिम देखिएमा तत्काल युनिटमा सूचना आदानप्रदान तथा उद्धार कार्यमा जुटिरहको छ ।





प्रतिक्रिया