सशस्त्र प्रहरीद्वारा फेवातालमा अत्याधुनिक जेट स्की बोट सञ्चालन

सशस्त्र प्रहरीद्वारा फेवातालमा अत्याधुनिक जेट स्की बोट सञ्चालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पोखराको फेवातालमा हुनसक्ने जल दुर्घटनाको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपालले आईतबारदेखि अत्याधुनिक ‘जेट स्की बोट’ सञ्चालनमा ल्याएको छ ।

फेवातालमा हुने पानीजन्य कुनै पनि घटनाहरूको खोज तथा उद्धार कार्यमा सहयोग पुग्ने उद्देश्यले वोट सञ्चालनमा ल्याइएको हो ।

३ सिट क्षमताको जेट स्की बोटले १ घण्टामा करीब १०५ किलोमिटर दूरी पार गर्न सक्ने र लगातार ६–७ घण्टासम्म सञ्चालन गर्न सकिने उच्च क्षमता रहेको छ ।

फेवातालमा पर्यटकीय गतिविधि र जल यात्राका क्रममा हुने जोखिमलाई मध्यनजरमा राखेर सशस्त्र प्रहरी बल नेपालले २०६९ सालदेखि ‘फेवा वाच एन्ड रेस्क्यू टावर’ स्थापना गरी निरन्तर खोज तथा उद्धार सेवा प्रदान गर्दै आइरहेको छ ।

टावरमार्फत् खटिएका सशस्त्र प्रहरीका उद्धार टोलीले हालसम्म फेवातालबाट १ हजार ५८८ जना नागरिकको जीवितै उद्धार गरिसकेका छन् भने ५३ जनाको शव निकालेका छन् ।

उच्च गतिको जेट स्की बोटको प्रयोगले फेवातालमा हुने आपतकालीन उद्धार कार्यलाई अझ छिटो, छरितो र परिणाममुखी बनाउन ठूलो सहयोग पुग्ने विश्वास समेत लिइएको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए ।