सशस्त्रका तीन एआईजीको सरुवा, काे कहाँ?

सशस्त्रका तीन एआईजीको सरुवा, काे कहाँ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-  सरकारले सशस्त्र प्रहरी बलका ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रहरी कार्य तथा सीमा सुरक्षा विभागका पुष्पराम केसीलाई सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेकाे हाे।

त्यस्तै, मानवस्रोत साधान विभागमा कार्यरत नारायणबाबु थापाको सीमा सुरक्षा विभागमा  सरूवा भएकाेमा मानव स्रोत साधन विभागमा रामशरण पौडेल पुगेका छन्।

पौडेल यसअघि प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए । सरकारले केही समयअघि सशस्त्र प्रहरीका एसपी र एसएसपीहरुको सरुवा गरेको थियो ।