सशस्त्र प्रहरीको लिखित परीक्षामा सहभागी १४ जना नक्कली परीक्षार्थी पक्राउ


काठमाण्डु – सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा सहभागी १४ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

स्थानीय प्रहरीले सुनसरीबाट ८ जना, जुम्लाबाट २ जना र सुर्खेतबाट ४ जना गरी १४ जना नक्कली परीक्षार्थीलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।

नक्कली परीक्षार्थी बनी परीक्षामा सामेल भएको फेला परेको खबर सम्बन्धित परीक्षा केन्द्रले स्थानिय प्रहरीलाई खबर गरेका थिए । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement