एपीएफ क्लबलाई ललितपुर मेयर्स महिला टी–२० प्रतियोगिताको उपाधि

एपीएफ क्लबलाई ललितपुर मेयर्स महिला टी–२० प्रतियोगिताको उपाधि


काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालको एपीएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी–२० प्रतियोगिताको उपाधि जितेको छ ।

एपीएफले शनिबार भएको फाइनलमा सुदूरपश्चिम प्रदेशमाथि २ रनको रोमाञ्चक जीत हासिल गरेको छ ।

सुदूरपश्चिमका लागि अन्त्यमा आक्रामक ब्याटिङ गर्दै जीत नजिक पुगे पनि अन्त्यमा २ रनले एपीएफ विजयी भएको छ ।

प्रतियोगितामा कविता जोशीले १९औं ओभरमा ३ छक्कासहित २३ रन बनाएकी थिइन् । तर अन्तिम ओभरमा ६ रन मात्र आवश्यक रहेकोमा सुदूरपश्चिमले जीत हासिल गर्न सकेन ।

यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । यससँगै एपीएफले लगातार चौथोपटक ललितपुर मेयर्स कपको उपाधि जितेको छ ।