सगरमाथा आरोही सशस्त्रका सई छत्याललाई दर्ज्यानी चिह्न प्रदान

सगरमाथा आरोही सशस्त्रका सई छत्याललाई दर्ज्यानी चिह्न प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सगरमाथा संवादको सन्देशसहित विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फिर्ता भएका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) दन्तबहादुर छत्याललाई एक तह बढुवा गरी सई पदमा बहाल गरिएको छ ।

सगरमाथाको सफल आरोहण गरी साहसिक कार्य गरेबापत सशस्त्र प्रहरी बल नेपालले उनलाई सशस्त्र प्रहरी सहायक निरीक्षकबाट सशस्त्र प्रहरी नायव निरीक्षक (सई) पदमा पदोन्नति गरेको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जेठ ८ गते सशस्त्र प्रहरी नायव निरीक्षक पदमा बढुवा भएका छत्याललाई दज्र्यानी चिह्न प्रदान गर्नुका साथै सगरमाथा सफल आरोहणको हार्दिक बधाई समेत दिए ।

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरूले सगरमाथा आरोहण गर्न सक्छु भन्ने भावना लिई साहसिक कार्य गर्दा सबैमा हौसला मिल्ने चर्चा गर्दै सगरमाथा आरोहण गर्ने व्यक्तिको मात्र नभई देश र संगठनको नाम समेत उच्च रहने बताए ।

उनले सगरमाथा लगायतका हिमालहरू आरोहण गर्ने आट, साहस र हौसला सबैमा प्रदान होस् भन्ने विश्वास प्रकट गर्दै आगामी वर्षदेखि सशस्त्र प्रहरी बल नेपालका सबै प्रदेश कार्यालयमा हिमाल आरोहण गर्ने अभियान नै शुरु गर्ने बताए ।

जेठ ४ गते बिहान ९ः२० बजे उनले सगरमाथाको चुचुरोमा ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका थिए । सशस्त्र प्रहरी नायव निरीक्षक छत्याल सगरमाथा आरोहण लागि बैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।