काठमाण्डु उपत्यकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा सञ्चालन

काठमाण्डु उपत्यकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा सञ्चालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजधानी काठमाण्डु उपत्यकामा सार्वजनिक सवारीसाधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुको सहजताका लागि सशस्त्र प्रहरी बल नेपालले सोमबार २ वटा बस सञ्चालन गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सञ्चालन हुने एउटा बस स्वयम्भु, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म सञ्चालन हुनेछ भने अर्को बस स्वयम्भु, कलंकी, सातदोबाटो, कोटेश्वर, महाराजगञ्ज हुँदै रिङरोड परिक्रमा गर्नेछ ।

सवारीसाधन बन्दका कारण सर्वसाधारण नागरिकहरूलाई गन्तव्यसम्म पुर्‍याउनका लागि सशस्त्र प्रहरी बल नेपालले निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।