एउटा लेखापालका लागी गृहमन्त्री शर्माले सशस्त्रमा यतिसम्म गरे, सशस्त्र र प्रहरीमा विचौलियाको विगविगी


काठमाडौं– गृहमन्त्री जनार्दन शर्माले सशस्त्र प्रहरीको लेखापाल सरुवामा दबाव दिएको खुलासा भएको छ । सशस्त्र प्रहरीको प्रशासन विभागले गत शुक्रवार ७३ जना लेखापालको नियमित सरुवा गरेको थियो । सरुवामा आफु निकट व्यक्ति नपरेको भन्दै मन्त्री शर्माले सरुवा संसोधन गर्न दबाव दिएका छन् ।

सशस्त्र स्रोतकाअनुसार शर्माले दबाव दिएपछि सशस्त्रले उनले सिफारीस गरेका लेखापाल सई नरेन्द्र बहादुर थापाको सरुवा संशोधन गरेको छ । सुरुमा थापाको सरुवा सिमा सुरक्षा कार्यालय झापामा भएको थियो । मन्त्री शर्माका जिल्लाबासी रहेका थापाले झापा नजाने अडान लिएपछि उनलाई बाकेको कोहलपुरस्थित त्रिपुरा गणमा नै सरुवा गरिएको छ । थापाको ठाउमा सरुवा भएका सई बामदेव केसीलाई झापा पठाइएको छ ।

 

‘मन्त्रीज्युले एक जना सईको सरुवा गर्न पनि दबाव दिनुहुन्छ,यसरी त कसरी फौज चल्छ ।’ सशस्त्रका एक डिआईजीले काठमाडौंपाटीसंग भने ।

 

मन्त्री शर्माको दबावपछि प्रशासन विभागमा कार्यरत एआईजी प्रेम शाहीले उनको सरुवा संशोधन गर्न मातहतका निकायलाई निर्देशन दिएका थिए । मन्त्री शर्माले आफुले सिफारीस गरेका लेखापाल कुनै पनि हालतमा हुनुपर्ने अडान लिएपछि सशस्त्रले लेखापालको सरुवा एक साता नपुग्दै संशोधन गर्न बाध्य भएको हो ।

 

 

सई थापा सशस्त्रका विभिन्न गण र सिमा सुरक्षा कार्यालयमा १० पटक भन्दा बढी लेखापालको भुमिकामा काम गरीसकेका छन् । यसरी सशस्त्रमा लेखापालले कसैले १० पटक जिम्मेवारी पाउने र कसैले एक पटक पनि लेखापालको जिम्मेवारी पाएका छैनन् । पछिल्लो समय गृहमन्त्री शर्माका भाई अनिल शर्मा समेत सशस्त्रको सरुवा बढुवामा हावी देखिएका छन् ।

 

उनीसहित कंचनपुरका माओवादी नेता टेकेन्द्र भट्ट र अछामका माओवादी नेता दिपक साउद सरुवाको सुची बोकेर प्रहरी,सशस्त्र र गुप्तचर विभागको मुख्यालय धाउने गरेका छन् । उनिहरुले सुनधाराका होटलहरुमा सरुवा बढुवा गरीदिने भन्दै प्रहरीका उच्च तहका अधिकृतलाई बोलाउने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement