अमेरिकी सेनासंग सशस्त्रले सुरु गर्यो यस्तो सहकार्य

अमेरिकी सेनासंग सशस्त्रले सुरु गर्यो यस्तो सहकार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी सेना र सशस्त्र प्रहरी बलबीच पहिलो प्राथमिक उपचारसम्बन्धी तालिम सम्पन्न भएको छ । चैत २५ देखि २९ गतेसम्म सञ्चालित साताव्यापी विषयविद् आदानप्रदान युएस स्पेशल अपरेशन्स कमान्ड–प्यासिफिक र सशस्त्र प्रहरी बलबीचको नयां साझेदारीको सुरुवात भएको हो। उक्त तालिमबाट दुवै देशका अधिकारीहरु लाभान्वित भएको जनाइएको छ ।

उक्त हैसियतमा यी दुई निकायले सहकार्य गरेको यो पहिलो पटक हो।

सशस्त्र प्रहरी बलको कुरिनटारस्थित विपद् व्यवस्थापन शिक्षालयमा सञ्चालित आदान प्रदान कार्यक्रमले उपचार तथा विपद् प्रतिकार्य सम्बन्धी अनेक विषयवस्तु समेटेको एपीएफले जनाएको छ।