सशस्त्रमा डिआईजी बढुवाको लागी सुचना प्रकाशित, यस्ता छन् बढुवाका ८ प्रतिस्पर्धी


काठमाडौं – सशस्त्र प्रहरी बलले डिआईजी बढुवाका लागी सुचना प्रकाशित गरेको छ । गृहमन्त्रालयको बढुवा समितिले आईतबार रिक्त ६ पदका लागी सुचना प्रकाशित गरेको हो ।

बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलद्धारा हस्तारित सुचनामा आफुले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाण पत्रको प्रतिलिपिहरु संलग्न गरी मुल्यांकन फारम भरी ७ दिनभित्र पेश गर्न उल्लेख गरिएको छ ।

सशस्त्र प्रहरी बलका ६ जना डिआईजीले अवकास पाएपछि सशस्त्रले बढुवाको प्रक्रिया अघि बढाएको हो । डिआईजीहरु सुरजकुमार श्रेष्ठ, बाबुराम पाण्डे, अरविन्द धिताल, रामप्रकाश श्रेष्ठ, वसन्त बानियां र राजुराम सुवालले अवकास पाएका थिए ।

रिक्त ६ दरबन्दीमा बढुवाका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरिशंकर बुढाथोकी, राजेन्द्र बस्नेत, केबी ब्रम्हाचार्य, हरिशचन्द्र अधिकारी, किशोर प्रधान, वंशिराज दाहाल र अभिकुमार खत्री लगायत प्रतिस्पर्धामा छन् ।

एसएसपीहरु बुढाथोकी, बस्नेत,अधिकारी र ब्रम्हाचार्य नेपाली सेनाबाट सशस्त्रमा सेवा प्रवेश गरेका हुन् । उनिहरुको ब्याच र जुनियहरु समेत डिआईजीमा बढुवा भएपनि तीन जनालाई भने बढुवाबाट वंचित गरिएको थियो । तीनै जनाको बढुवा नुहुनमा कार्यसम्पादनलाई कारण बनाइएपनि पटक पटक बढुवामा उनिहरुलाई छुटाइएकोमा संगठनभित्रै असन्तुष्टि छ । यता एसएसपीहरु प्रधान, दाहाल र खत्री नेपाल प्रहरीबाट सशस्त्रमा आएका हुन् । उनिहरुमध्ये दाहाल सिनियर भएपनि तत्कालिन आईजिपी कोषराज वन्तको वालामा उनलाई पछि पारिएको थियो ।

प्रधान प्राविधिक इन्सपेक्टरमा रुपमा भर्ना भएका थिए । उनि दाहालभन्दा एक वर्षपछि भर्ना हुनुका साथै एसपीसम्म जुनियर समेत थिए । तर,एसपीबाट एसएसपी हुंदा उनलाई वन्तले सिनियर बनाएका थिए । हाल उनि विपत व्यवस्थापन तालिम केन्द्र कुरिन्टारको प्रमुख छन् ।

बढुवाको लागी एसएपी खत्री समेत लाईनमा छन् । उनि आफ्नो ब्याचको एक नम्बरमा छन् । एसएसपी गणेश ठांडा समेत बढुवाको लागी दौडमा छन् । उनले बढुवाकै लागी एकै पदक दुई पटक सम्म लिएको चर्चा सशस्त्र प्रहरीभित्र छ । एसएसपी ठाडां सशस्त्रमा सबैभन्दा बढी राजनीतिक लविङ्गमा लाग्ने अधिकृतको रुपमा समेत चिनिन्छन् ।

यो पनि पढ्नुहोस् –

सशस्त्रमा ६ डिआईजी पद रिक्त, बढुवाको लागी एसएसपीहरुको दौडधुप सुरु

प्रतिक्रिया दिनुहोस
Advertisement