सशस्त्र प्रहरीमा मध्यरातमा भयो एसपी बढुवामा सिफारिस, प्रचण्डकै ज्वाई बढुवामा छुटे


काठमाण्डु -सशस्त्र प्रहरी बलमा एसपीको बढुवा निस्केको छ । आइतबार मध्यराति सशस्त्र प्रहरी बलले सूचना प्रकाशित गर्दै डिएसपीबाट एसपीमा बढुवा हुने ३७ जनाको नाम प्रकाशित गरेको हो । बढुवा हुनेहरुमा एक नम्बरमा टोपबहादुर डांगी रहेका छन् भने अन्तिममा पुरनचन्द्र भट्ट छन् ।

सशस्त्रको बढुवा समितिले बढुवाका लागि दुई साता अघि सूचना प्रकाशित गरेको थियो । तर, बढुवाका लागि दावेदारहरुको संख्या धेरै भएपछी सशस्त्र मुख्यालयलाई समस्या परेको थियो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई शक्ति केन्द्रको चर्को दबाव आएपछी बढुवामा केही दिन ढिलाई भएको हो । शक्तिकेन्द्रको दबावका बावजूत एसपी बढुवाको सिफारिस आइतबार मध्यराति भएको हो ।

बढुवाका लागि सिसम ३ मा तेस्रो लटमा डिएसपीमा बढुवा भएका माओवादी अध्यक्ष प्रचण्डको नातेदार दावी गर्ने डिएसपी दर्शन गिरी,लोकेन्द्र भट्ट,चेतराज जोशी र बासुदेव लोहनीले जोडबल गरेका थिए ।

उनिहरुकै कारण बढुवामा ढिलाई भएको स्रोत बताउंछ । तर, जोशी बाहेक अरु सबै बढुवामा छुटेका छन् । जोशी भने एसपीको बढुवामा ३५ नम्बरमा झुण्डिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement