सशस्त्र प्रहरीद्धारा १५ लाख रुपैयाँ बरामद


काठमाडौं – भारतबाट नेपाल भि¥याउँदै गरेको १५ लाख नेपाली रुपैयाँसहित भन्सार छलीका कपडा सशस्त्र प्रहरी बलले बरामद गरेको छ ।बारास्थित सशस्त्र प्रहरी बल नेपाल १२ नं. गणले शनिबार बिहान बरामद गरेको हो ।

सशस्त्र प्रहरीले शनिबार विहान सिम्रौनगढ नगरपालिका ६ अमरपुरबाट १५ लाख नेपाली रुपैयाँ सहित भन्सार छलीका कपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपमा अंन्दाजी मुल्य ३३ हजार बराबरको रेडिमेड फेन्सी कपडा र नगद नेपाली रुपैया पन्ध्र लाख नेपालतर्फ ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बिओपि गोलागंजबाट सशस्त्र प्रहरी निरिक्षक कबिर मल्लको कमाण्डमा खटिगएको टोलीलाई देख्नासाथ सामान र नगद पैसा सोही स्थानमा छाडी व्यक्ति भारततर्फ भागि गएको हुँदा उक्त सामान र पैसा सो टोलिले बरामद गरेको छ ।

विहान ४ बजे गस्तीको क्रममा अमरपुर नहर नजिकै एकजना तस्करले गस्ती टोलीलाई हेरेर कपडा र रकम सहितको बोरा पोको फालेर भागेपपछि बरामद गरीएको सशस्त्र प्रहरीका एसपी दिग्विजय सुबेदीले बताए ।

बिशेष सुराकीको आधारमा सशस्त्र प्रहरीको टोलीलाई त्यस ईलाका तर्फ गस्ती गर्न पठाएको र सामान सहित रकम फेला पार्न सफल भएको दाबी सशस्त्र प्रहरी बल न. १२ गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक दिग बिजय सुबेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement