सशस्त्र प्रहरी परिवार महिला संघले मनायो २१ औं वार्षिकोत्सव


काठमाण्डु– सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो २१ औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रमको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले शुक्रवार उदघाटन गरिन् ।

मन्त्री रेग्मीले संघले समाज सेवाको क्षेत्रमा सक्रिय रहँदै पु¥याएको योगदानको प्रशंसा गर्दै सबै मिलेर समाज सेवाको क्षेत्रमा कार्य गरेमा मुलुक तथा समाजको विकासमा टेवा पुग्ने धारणा राखिन् ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी महिला राष्ट्रसेवक तथा नेपाल एपीएफ स्कुल कीर्तिपुरकी उत्कृष्ट महिला शिक्षकलाई प्रशंसापत्र प्रदान गरेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष अनिता अर्यालले समाज सेवाको कार्य एक मात्र व्यक्ति वा संस्थाको एकल प्रयासले मात्र नभई समाजमा क्रियाशिल विभिन्न संघ संस्थाहरु विच समेत हातेमालो र समन्वय आवश्यक रहेको चर्चा गरिन् ।

समाज सेवामा आवद्ध संघ संस्थाहरुसँग सहकार्य तथा समन्वय गर्दै सशस्त्र प्रहरी परिवार महिला संघ आफ्नो स्थापनाकालदेखि नै निरन्तर समाज सेवामा क्रियाशिल रहँदै आएको उनको भनाई थियो ।

त्यसै अवसरमा उनले नेपाल एपीएफ स्कूलका विभिन्न विद्यामा उत्कृष्ट ठहरिएका विद्यार्थी तथा वीरगती प्राप्त सशस्त्र प्रहरी कर्मचारीका जेहेन्दार सन्ततीहरुलाई छात्रवृत्ति स्वरुप जनही नगद १० हजार र प्रशंसापत्र तथा सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवक कर्मचारीहरुका सन्ततीहरु मध्ये माध्यमिक शिक्षा परिक्षामा उत्कृष्ट अंक ल्याउने छात्रछात्राहरुलाई समेत जनही १० हजार रुपैयाँ राशीको छात्रवृत्ति सहित प्रमाणपत्र प्रदान गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस
Advertisement