शसस्त्रका आईजिपीको योजना असफल : देवी देवताका नाम नै यथावत राख्ने गरी पुरानो निर्णय संशोधन 


काठमाण्डौं– सशस्त्र प्रहरीमा देवी\देवता र जिल्लाहरुको नाममा स्थापना भएका बाहिनी, गुल्म र गणहरूको नाम परिवर्तन गराउने निर्णय संशोधन भएको छ । सशस्त्र नेतृत्वले देवी देवताको नाममा स्थापित बाहिनी र गणहरुको नाम हटाएको भन्दै त्यसको चौतर्फी विरोध भएको थियो । हिन्दू नाम परिवर्तन गरेको विषयलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीले समेत गम्भीर चासो राखेको स्रोतको दाबी छ । 

सशस्त्रले देवी–देवता तथा ऐतिहासिक स्थलहरूको नाम हटाएर नम्बरका आधारमा बाहिनी र गण–गुल्मको नाम राखेको थियो । नाम हटाउन कार्यदल नै बनाइएको गृह स्रोतले जानकारी दियो 

राप्रपा नेपाललगायत अन्य संघ संस्थाहरुले उक्त निर्णयको चौतर्फी विरोध गरेपछि निर्णय परिवर्तन भएको हो । संशोधित निर्णयअनुसार अव नम्बरका साथै देवि देवताका नामले स्थापित बाहिनीको  नाम समेत रहनेछ । यसअघि १ बाहिनी मुख्यालय सुनसरी नाम राखिएकोमा अव नम्बर १ वराह बाहिनी मुख्यालय सुनसरी नामाकरण रहनेछ । 

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको जोडबलमा नाम परिवर्तन गराइएको गृहस्रोतको दावी छ । खनालले देवि देवताका नामबाट स्थापित बाहिनी र गण गुल्महरुको नाम परिवर्तन गरेको भन्दै उनको चर्को आलोचना भएको थियो । 

यस्तो छ संशोधित निर्णय- 

प्रतिक्रिया दिनुहोस
Advertisement