सशस्त्रमा रिक्त दुई डिआईजी पदमा बढुवाको प्रक्रिया सुरु


काठमाडौं– सशस्त्र प्रहरी बलमा डिआईजीको बढुवा प्रक्रिया सुरु भएको छ । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिको सचिवालयले मंगलवार रिक्त दुई सशस्त्र प्रहरी नायब महानिरीक्षक पदका लागी सुचना प्रकाशित गरेको छ ।

बढुवा समितिका सदस्य सचिव एआईजी रामशरण पौडेलद्धारा हस्ताक्षरित सुचनामा बढुवाका सम्भाव्य उम्मेदवार रहेका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरुलाई आफुले प्राप्त गरेको शैक्षिक योग्यता तथा बढुवाका लागी आवश्यक पर्ने प्रमाणपत्र ७ दिनभित्र पेश गर्न भनिएको छ ।

बढुवा लागी वरियतामा अघिल्लो ब्याजबाट एसएसपी हरिचन्द्र अधिकारी र पछिल्लो ब्याचबाट अभिकुमार खत्री दावेदार छन् । सशस्त्र प्रहरीका पांच एसएसपी गत माघ १३ मा डिआईजीमा बढुवा भएका थिए । वरियतामा एसएसपी अधिकारी तीन नम्बरमा भएपनि हाइ लेभल म्यानेजम्याण्ट तालिम नगरेकाले उनी बढुवाबाट वंचित भएका हुन् । अधिकारीले उक्त तालिम अहिले सम्पन्न गरिसकेका छन् । बढुवाका लागी तत्कालिन गृहसचिव प्रेमकुमार राई नेतृत्वमा बसेको वैठकले वरियता र कार्यसम्पान मुल्यांकनको आधारमा डिआईजीको बढुवा सिफारीस गरेको थियो ।

रिक्त डिआईजीका लागी आधा दर्जन एसएसपीहरु लविङ्गमा लागेपनि वरियता र कार्यसम्पादनका आधारमा एसएसपी खत्री र अधिकारी डिआईजीमा बढुवा हुने गृहमन्त्रालय स्रोत बताउंछ । अधिकारी यसअघिको बढुवामा छुटेको र खत्री पछिल्लो ब्याचको एक नम्बरमा रहेकाले दुवै जनालाई डिआईजीमा बढुवा गर्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement