सशस्त्रमा डिआईजीहरुको सरुवा,यस्तो छ सरुवाको सुची


काठमाण्डु– गृहमन्त्रालयले सशस्त्र प्रहरी वलका डिआईजीहरुको सरुवा गरेको छ । सशस्त्र प्रहरीका एक दर्जन डिआईजीहरुको सरुवा भएको गृह स्रोतले जानकारी दियो ।

सरुवा हुनेमा ७ नम्वर वैद्यनाथ वाहिनी अत्तरियामा डिआईजी प्रविण श्रेष्ठ, ९ नम्वर उपत्यका वाहिनीमा डिआईजी राजु अर्याल, ४ नम्वर मुक्तिनाथ वाहिनी पोखरामा नारायणदत्त पौडेल र २ नम्वर छिन्नामस्ता वाहिनीमा चन्द्रप्रकाश गौतमको सरुवा भएको छ । त्यसैगरी ६ नम्बर महेश्वरी बाहिनी सुर्खेतमा कामु बाहिनीपतिको जिम्मेवारी एसएसपी अभिकुमार खत्रीलाई दिइएको बुझिएको छ । डिआईजी खड्क राईको सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको छ ।

गृहमन्त्रालयले एक नम्बर बाहिनी, पांच नम्बर बाहिनी र तीन नम्बर बाहिनीको बाहिनीपतिको भने एक वर्ष नपुगेको कारण सरुवा नगरेको बताइएको छ ।

३० वर्षे सेवाअवधीको कारण डिआईजीहरु हरिशंकर बुढाथोकी,केबी ब्रहमाचार्य, राजेन्द्र वस्नेत र हरिशचन्द्र अधिकारी मंसिर २८ मा अनिवार्य अवकासमा जान लागेकाले उनिहरुको सरुवा भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement