सशस्त्रमा डिएसपी र एसपीमा बढुवा हुन सुचना आह्वान


काठमाडौं – सशस्त्र प्रहरी बलमा रोकिएको डीएसपी र एसपी बढुवा प्रक्रिया सुरु भएको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी उपरीक्षक (एसपी) बढुवाका लागि आवेदन दिन बिहीबार सूचना जारी गरको हो।

सशस्त्र प्रहरी बल नेपालका अनुसार प्राविधिक र साधारण दुवै समूहतर्फका प्रहरी निरीक्षक र डीएसपीको बढुवाका लागि आवेदन दिन आह्वान गरिएको हो।

जसअनुसार कानुन, स्वास्थ्य, सञ्चार तथा इञ्जिनियरिङसहित साधारण समूहतर्फ एसपी र साधारण समूहबाट डीएसपी हुन योग्यता पुगेकाहरुलाई आवेदन दिन भनिएको छ।

जारी सूचनामा बढुवाका लागि आवश्यक शैक्षिक प्रमाण पत्रसहित बढुवा प्रायोजनका लागि आवश्यक कागज पत्रसहितको आवेदन बढुवा सिफारिस समितिमा बुझाउनु पर्ने छ।

प्रतिक्रिया दिनुहोस
Advertisement