वेपत्ता खत्रीको शब सशस्त्र प्रहरी बलको गोताखोर टोलीद्वारा फेला


काठमाण्डु – काठमाण्डौंको किर्तिपुर नगरपालिका ६ चोभारस्थित जल विनायक पुलबाट बागमती नदीमा कार खसेर वेपत्ता भएका राजकुमार खत्रीको शव सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारेको छ ।बिहीबार सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारेको हाे ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गणं, नम्बर २० विपद् उद्धार गण काठमाडौंबाट गोताखोरसहितको टोलीले उनको शव दुर्घटनास्थलबाट करीब सय मिटर तल फेला पारेको हो ।

पौष २ गते सो ठाउँमा बा ५ च ५६५४ को सिलभर रङको कार नदिमा खसेको थियो । दुर्घटनामा कारमा सवार काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका १ खहरे वस्ने अन्दाजी ४० बर्षिय राजकुमार खत्री वेपता भएका थिए भने अन्दाजी ४० बर्षिया अम्बिका लामिछाने घाइते भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस
Advertisement