बिन्ध्याबासिनी बाहिनीले जित्याे सशस्त्र प्रहरी महानिरीक्षक कप-२०८० को उपाधी


काठमाण्डु – सशस्त्र प्रहरी महानिरीक्षक कप-२०८० को उपाधी नं ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीले जितेको छ ।

शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा संचालन भएको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८०’ को उपाधी,नम्बर ५ बिन्ध्यबासिनी मुख्‍यालय रुपन्देहीका डीआइजी अबि कुमार खत्रीलाई सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) राजु अर्यालले हस्तान्तरण गरेका हुन् । ११ स्वर्ण, ४ रजत र ६ कास्य गरी कुल २१ पदकसहित बिन्ध्यावासिनी बाहिनी प्रथम भएको हो ।

१ नम्बर बराह बाहिनी मुख्यालय सुनसरी ७ स्वर्ण, ७ रजत र ३ कास्य गरी कुुल १७ पदक र नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडाैँ ४ स्वर्ण, ५ रजत र ४ कास्य गरी कुल १३ पदकसहित क्रमशः द्धितिय र तृतिय भएका छन् ।

समापन समारोहमा भएको फुटबल खेलमा नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीले नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीलाई २–१ गोलको अन्तरले पराजित गरी प्रथम भएको छ ।

आइजीपी अर्यालले सशस्त्र प्रहरी बल नेपालले व्यावसायिक काम, कर्तव्यको साथसाथै नेपाली खेलकुदको विकास, विस्तार र प्रवद्र्धनको क्षेत्रमा आफुलाई क्रियाशिल गराउँदै आएको बताउँदै खेलकुदमा हुने स्वच्छ प्रतिस्पर्धाबाट खेलाडीहरुमा अनुशासन, कर्तव्य परायणता एवं सामुहिक भावनाको समेत बिकास हुने उल्लेख गरे ।

नेपाल एपीएफ क्लवको आयोजनामा यही चैत २५ गतेदेखि संचालन भएको प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान र सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरु गरी नौ वटा टिमको सहभागिता रहेको थियो ।

कार्यक्रममा एआइजी, डीआइजी, अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement