सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त


काठमाण्डु – सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसीलाई महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले एआईजी केसीलाई आईजीपी नियुक्त गरेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चारवर्षे कार्यकाल पूरा गरेर अवकाश पाएपछि केसीलाई आईजीपीमा बढुवा गरको हो । केसी पनि खनालकै ब्याची हुन् ।

आईजीपी पदमा बढुवा गर्दा ज्येष्ठता, कार्यकुशलता, कार्यसम्पादन क्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता र आफूमुनिका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्य हेरेर उचित ठानिएको उम्मेदवारलाई मात्र सरकारले बढुवा गर्ने व्यवस्था छ ।

केसीको कार्यकाल जम्मा २१ दिन मात्रै हुनेछ । १९ वैशाखमा ३० वर्षे सेवा हदका कारण उनले अवकाश पाउनेछन् । केसीले २०४९ वैशाख १८ गते नेपाल प्रहरी सेवामा प्रहरी निरीक्षकका रुपमा प्रवेश गरेका थिए । उनी २०५८ सालमा डीएसपीमा बढुवा भएर सशस्त्रमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement