सशस्त्रमा पुष्पराम केसीलाई आईजीपी बनाउने सरकारको तयारी


काठमाण्डु- सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसीलाई नियुक्त गर्ने भएको छ । हालका महानिरीक्षक शैलेन्द्र खनाल चैत्त २८ मा अनिवार्य अवकासमा जादैछन् । उनको ठाउमा केसीलाई बनाउने सहमति भएको स्रोतको दावी छ ।

केसीले २०४९ वैशाख १८ गते नेपाल प्रहरीमा प्रहरी निरीक्षकका रुपमा सेवा प्रवेश गरेका थिए । उनि २०५८ सालमा डीएसपीमा बढुवा भएर सशस्त्रमा प्रवेश गरेका थिए ।

सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले केसीलाई महानिरीक्षक नियुक्त गर्ने तयारी छ । उनि २१ दिनका लागि मात्र सशस्त्रको प्रमुख बन्नेछन् । हालका आईजीपी खनाल र केसी एकै ब्याचका अधिकृत हुन् । खनालले चार वर्ष पुरा गरेर जान लागेका हुन् । उनको सोमबार सशस्त्र मुख्यालय हलचोकमा बिदाई कार्यक्रम समेत राखिएको छ ।

महानिरिक्षका लागि सशस्त्रका अर्का एआईजी रामशरण पौडेल समेत दौडमा थिए । तर, दलहरुको बीचमा वरियता नमिचेर केसीलाई नै आईजीपी बनाउने सहमति भएको स्रोतको दावी छ । खनाल र केसीको महानिरीक्षकका लागि यसअघि नै तिव्र प्रतिस्पर्धा थियो ।

केसी एसएसी हुंदासम्म वरियतामा एक नम्बरमा थिए । तर, पछि विजय कुमार गच्छेदार हुंदा खनाललाई अघि ल्याइएको थियो । माओवादी नेता शक्ति बस्नेत गृहमन्त्री हुंदा एआईजीको एकल दरबन्दी सिर्जना गरेपछी केसी पछी परेका थिए ।

२०७४ मा खनाल र केसीबीच नै आईजीपीका लागि प्रतिस्पर्धा भएपनि अन्तिममा उनले नै बाजी मारेका थिए । सशस्त्र प्रहरीमा एआईजीमध्येबाटै आईजीपी बनाउनुपर्ने व्यवस्था छ । खनालले सुरुदेखी नै नियमवाली संशोधन गरेर डिआईजीबाट आईजीपी बनाउन लविङ गरेका थिए । पछि उनको प्रयास सफल नभएपछी उनि पौडेललाई आईजिपी बनाउने प्रयासमा लागेका थिए ।

खनालको कार्यकालमा उच्च अधिकृतहरुबीच सुमधुर सम्बन्ध भने रहेन् । उनले सरुवा र बढुवामा प्रणाली बसाउनेभन्दा पनि आफु निकटकालाई च्याप्ने र अरुलाई पुर्वाग्रह सांध्ने गरेको आरोप छ । खनालले केन्द्रीय लेखामा रहेका हमाल थरका इन्सपेक्टरमार्फत सरुवा बढुवामा समेत मोलमोलाई गरेको भन्दै गृहमन्त्रालयमा समेत उजुरी परेको थियो ।

खनालको अवकासपछी रिक्त हुने एआईजी पदमा भने तीन जना डिआईजीहरुको बीचको चर्को प्रतिस्पर्धा देखिएको छ । डिआईजीहरु राजु अर्याल, नारायणदत्त पौडेल र सिपी गौतमबीच अहिले तिव्र प्रतिस्पर्धा देखिएको छ । उनिहरुबीच यसअघिजस्तो अस्वस्थ प्रतिस्पर्धा नदेखिएपनि शक्तिकेन्द्रमा दौडधुप भने तिव्र छ । उनिहरु तिनै जना एकै दिन डिआईजीमा बढुवा भएका छन् ।

उनिहरुमध्ये एक जना २१ दिनपछी सशस्त्रको नेतृत्व सम्हाल्नेछन् । अहिले वरियतामा अर्याल एक नम्बरमा छन् । अर्याल आईजिपी भएको खण्डमा पौडेल समेत आईजिपी बन्नेछन् । तर, पौडेल भएको खण्डमा अर्याल भने एआईजीबाटै अवकास पाउनेछन् । दुवै जनाले अहिले स्वस्थ प्रतिस्पर्धा गर्ने सहमति गरेको बताइन्छ ।

राजनीतिक पहुंचका हिसावले अहिले अर्यालभन्दा पौडेलको पल्ला भारि देखिएको छ । अर्याल काठमाण्डुका स्थायी बासिन्दा हुन् । सुर्खेत घर भएका पौडेलको पक्षमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का,कर्णाली प्रदेशका मुख्यमन्त्री जिवनबहादुर शाही, माओवादी नेता समेत रहेका अर्थमन्त्री जनार्दन शर्मा, पुर्व गृहमन्त्री शक्ति बस्नेत र नेता महेन्द्र बहादुर शाहीसम्म लागेका छन् ।

तर,वरियतामा अघि रहेकाले अर्यालको सम्भावना बढि देखिएको छ । त्यतिमात्र होईन कांग्रेस नेताहरुसंग उनको समेत सुमधुर सम्बन्छ छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement