राशनमा अनियमितता, सशस्त्र प्रहरीको विशेष कार्यदलमा गृहको छानविन सुरु


काठमाण्डु – राशनमा अनियमितता भएको भन्दै गृहमन्त्रालयले सशस्त्र प्रहरी बलको बंगलामुखी विशेष कार्यदल गण हलचोकमा छानविन सुरु गरेको छ ।

बंगलामुखी गणबाट राशन पाउने सशस्त्र प्रहरीले अनियमितता भएको भन्दै गृहमन्त्रालयमा उजुरी दिएपछि मंगलबार गृह मन्त्रालयको टोलीले सो गण पुगेर राशन अनियमितता उपर छानविन थालेको हो ।

स्रोतका अनुसार गुनासो र उजुरीउपर छानविन गर्नुपर्ने भएकाले गृहको टोली छड्के अनुगमनमा गएको हो । स्रोतका अनुसार उजुरीमा सशस्त्र प्रहरीले पाउने राशनको गुणस्तरमा प्रश्न उठाइएको छ भने सशस्त्र प्रहरीलाई बिदा छोड्दा राशनबापत पाउनुपर्ने रकम नदिइएको गुनासो छ ।

सशस्त्र प्रहरी मुख्यालयका प्रवक्ता डिआइजी राजु अर्यालले गृहको अनुगमन टोलीले छानविन सुरु गरेकोबारे आफुलाई जानकारी नभएको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement