सशस्त्र प्रहरीद्वारा पर्साको ग्रामीण नाकाबाट ६० किलो गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा पर्साको ग्रामीण नाकाबाट ६० किलो गाँजा बरामद


वीरगञ्ज – सशस्त्र प्रहरीले पर्साको ग्रामीण नाकाहरुबाट ६० किलो गाँजा बरामद गरेको छ। आइतबार राति पर्साको जीराभवानीबाट भरियाहरुले टाउकोमा बोकेर भारततर्फ गाँजा लैजाँदै गरेको बेला सशस्त्र प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट जानकीटोला भिखमपुरका सशस्त्र प्रहरी निरीक्षक सोम श्रेष्ठले जानकारी दिए।

उनका अनुसार तस्करहरुले विभिन्न ग्रामीण क्षेत्रका गाउँमा भण्डारण गरेर भरियामार्फत भारततर्फ तस्करी गरिरहेको बेला प्रहरीले उक्त गाजा बरामद गरिएको हो। यस्तै जीराभवानी गाउँपालिका वडा नम्बर ५ सखुवनियाबाट(३ बोरा अवैध लागू औषध गाँजा बरामद गरिएको छ।

रातिको समयमा तस्करहरुले सशस्त्र प्रहरीको टोलीलाई देख्ने बितिक्कै गाँजा फालेर फरर भएकाले तस्करहरुलाइ भने पक्राउ गर्न नसकिएको श्रेष्ठले बताए।बरामद गरिएको गाँजालाई आवशयक कारवाहीको लागि ईलका प्रहरी कार्यालय पोखरियामा राखिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।