भारतीय तस्कर समूहबाट सशस्त्र प्रहरीमाथि आक्रमण, तीन जना घाइते


काठमाण्डु – भारतीय तस्कर समूहको आक्रमणबाट कञ्चनपुरमा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

नेपाल–भारत सीमा क्षेत्र दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा गए राति गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले आक्रमण गरेका हुन् । भारतीय तस्करहरूले गरेको ढुङ्गामुढा प्रहारबाट ती शसस्त्र प्रहरी जवान घाइते भएका हुन् ।

घाइते जवानको हात र पाखुरामा चोट लागेको छ । सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार सात/आठ जनाको सङ्ख्यामा मोटरसाइकलमा भारतबाट सामान ल्याउँदै गरेका तस्करहरूले सीमाक्षेत्र नजिक ढु्ङगामुढा प्रहार गरेका हुन् ।

भारतबाट तस्करले सामान लिएर आउने क्रमममा गस्ती टोलीले तस्करलाई नियन्त्रणमा लिने क्रममा ढुङ्गामुढा प्रहार गरी भागेको उनले बताए ।

‘भारतीय प्रहरीले गस्तीमा रहेका जवानमाथि ढुङ्गामुढा प्रहार गर्ने समूहको खोजी गरी कारबाही गर्ने अश्वासन दिएको छ’, उनले भने, ‘तस्कहरूको भारतीय निकटबर्ती क्षेत्रका बासिन्दा भएको जानकारी पाएका छौँ ।’ घटना राति १०ः३० बजे भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement