सशस्त्रमा रासनमा अनियमितता भएको भन्दै कमाण्डरमाथी मध्यरातमा आक्रमण


कैलाली– सशस्त्र प्रहरीमा रासनमा अनियमितता भएको भन्दै जवानले सईमाथी आक्रमण गरेका छन् । कैलालीको भारतीय सीमावर्ती नाका भुइयाफांटा बिओपी मातहत रहेको अस्थायी चेकपोस्ट बड्किपलिघाटमा सुरक्षार्थ तैनाथ सशस्त्रका जवान र हाकिमवीच रासनबारे विवाद हुंदा ६ जना घाईते भएका छन् ।

सईको कमाण्डमा १२ जनाको फौज रहेको उक्त अस्थायी पोष्टमा प्रमुख रहेका सई रामबहादुर टेर र हवल्दार दौलतसिंह धामीले रासन खाइदिएको भन्दै दुईजना सिपाही जितेन्द्रप्रसाद भट्ट र दिपक बोगटीले बाहिरबाट मापसे गरी फर्केर राति आक्रमण गरेका थिए । उनिहरुले ड्युटीमा तैनाथ जवानले बोकेको हतियार खोसेर आक्रमणको प्रयास समेत गरेका हुन् ।

घटनामा छुट्याउन गएका सहायक हवल्दार हिमाल तारामी मगर,पुरन मगर,शिवराज सुनार,दिपकबहादुर बुढा र चित्रबहादुर थापा घाइते भएका छन् ।

दुई जना सिपाहीले आतंक मच्चाएपछि छोटकिपलियाबाट असई दानसिङ्ह बोहोरा र ३४ नम्बर गण हेडक्वार्टरबाट आएका डिएसपी अम्मरबहादुर ऐरको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । सईमाथी आक्रमण भएपछि बचाउन गएका अन्य दर्जाका सशस्त्र प्रहरीमाथी समेत उनिहरुले आक्रमण गरेका हुन् ।

सशस्त्र प्रहरीमा पछिल्लो समय गण,गुल्ममा राजनीतिक दवाव र आर्थिक चलखेलका आधारमा जिम्मेवारी दिने प्रचलन बढिरहेका गुनासो आईरहेको बेला कैलालीमा यस्तो घटना भएको हो ।

गत महिना मात्र कपिलवस्तुमा डिएसपी मानबहादुर शाहीलाई इन्स्पेक्टरले आक्रमण गरेका थिए । त्यसको अहिले छानविन चलिरहेको छ । विहिवार सांझ कैलालीमा भएको घटनामा सईले विदामा गएको वेला आफ्नो रासन खाएको भन्दै झड्प भएको थियो । सशस्त्र प्रहरी मुख्यालयले घटनाबारे छानवीन समिति समेत गठन गरिसकेको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता डिआईजी प्रविण श्रेष्ठले घटनाको युनिट तहको छानविन भएर कार्वाहीको प्रक्रिया अघि बढेको बताए । उनले यसलाई सामान्य आपसी विवाद भएको दावी समेत गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सशस्त्रको नेतृत्वमा अँएदेखी नै सशस्त्र प्रहरीमा राजनीतिक हस्तक्षेप बढिरहेको गुनासो छ । जसले गर्दा सशस्त्र प्रहरीभित्र अनुशासनहीनता मौलाएको बताइन्छ । उनले सशस्त्रको बढुवा र सरुवामा समेत राजनीतिक दवावमा काम गर्ने गरेको र वरियतामा अघि र कार्यसम्पादन राम्रो भएकाहरुलाई जिम्मेवारी नदिएको आरोप छ ।

(फोटो जनआस्था न्युज डट कमबाट लिइएको हो)

प्रतिक्रिया दिनुहोस
Advertisement