आईजीपी खनालसंग सशस्त्रका एआईजी र डिआईजीले गरे कार्यसम्पादन सम्झौता


काठमाडौं- सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल समक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु तथा सशस्त्र प्रहरी नायव महानिरीक्षकहरुविच बार्षिक कार्यसम्पादन सम्झौता भएको छ । 

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित विशेष समारोहमा उक्त कार्यसम्पादन सम्झौता भएको हो । 

सशस्त्र प्रहरी महानिरीक्षक खनाल समक्ष उक्त विशेष समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकत्रय पुष्पराम केसी, नारायणबाबु थापा र रामशरण पौडेल लगायत बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु बाबुराम पाण्डे, चिरञ्जीवी अधिकारी, नगेन्द्र थापा, प्रजाभक्त श्रेष्ठ, राजु अर्याल, नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र गोविन्द क्षेत्रीले कार्यसम्पादन सम्झौता गरेका हुन् । 

सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरुलाई जिम्मेवारीप्रति अझै बढि प्रतिवद्ध, कानून कार्यान्वयनमा अझै बढि दृढ तथा पारदर्शी एवं नतिजामा उत्तरदायी बनाउन तोकिएको कार्य समय, पदिय अधिकारको सीमा र जिम्मेवारीसँग आवद्ध गर्दै उक्त सम्झौता गरिएको सशस्त्रले जनाएको छ   

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले त्यसअवसरमा जिम्मेवारीका लक्ष्य पुरा गर्न कार्यसम्पादन सम्झौताले मद्दत गर्ने विश्वास व्यक्त  गरे । 

सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनको म्याण्डेट भित्र रहेर सांगठानिक भीजन बनाउनुपर्ने र त्यसै अनुरुप लक्ष्य प्राप्तीमा अगाडी बढ्न निर्देशन दिए । 

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले पछिल्लो चरणमा आफुले गरेका काम रेकर्डेट हुन र दायित्व निर्वाहको क्षेत्रहरुमा कामले गति लिन यस सम्झौताले सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement